काठमाडौं, ६ चैत । श्री एयरलाइन्सले सिमरा उडान सुरु गर्ने भएको छ । श्रीले आगामी सोमबारदेखि सिमरामा टर्वोपर्प जहाजबाट सेवा सुरु गर्न लागेको हो ।
८० सिट क्षमताको ड्यास एट क्यू–४०० जहाजले काठमाडौं–सिमरा–काठमाडौं दैनिक २ वटा उडान गर्ने श्रीका प्रबन्धक अनिल मानन्धरले बताए । श्रीले भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगञ्ज, पोखरामा हवाई सेवा दिदै आएको छ । काठमाडौं–सिमरा उडानको भाडा दर ३ हजार रहेको श्रीले जनाएको छ ।
तपाईको प्रतिक्रिया