मोदीले लेखे ‘शल्यक्रिया सफल होस्’

समाचार

3/1/2020

काठमाडौं, १९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल शल्यक्रियाको कामना गरेका छन् ।

बुधबार मृगौला प्रत्यारोपण गर्न लागेका ओलीलाई मोदीले सोमबार एक ट्विट गर्दै सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । 

उनले ट्वीट्मा लेखेका छन् – ‘मेरा प्रिय साथी केपी शर्मा ओलीजी, तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ । भगवान पशुपतिनाथले राम्रो स्वास्थ्य, खुशी र दीर्घ जीवन प्रदान गरुन भन्ने कामना पनि मोदीले गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ