सिक्किमले नेपाल सीमामा २४ सै घण्टा निगरानी गर्ने

समाचार

3/8/2020

काठमाडौं, २५ फागुन । कोरोनाको प्रकोपबाट बच्नका लागि सिक्किमलेसबै इनरलाइन परमिट रद्द गरेको छ । यसको अर्थ सिक्किमबाट आउने विदेशीहरूको प्रवेशमा पूर्ण रूपले रोक लगाइएको छ ।

यसका साथै नेपालसँग जोडÞिएको सिक्किमको सीमा क्षेत्र चिवाभञ्ज्याङलगायत राज्यका सबै नाकामा चौबिसै घण्टा निगरानी टिम खटाइएको छ । राज्यको सचिवालय टाशिलिङमा बसेको उच्चस्तरीय बैठकमा यस्तो निर्णय गरिएको हो ।

कोरोनाको प्रकोपबाट सिक्किमलाई सुरक्षित राख्न लागि उच्च सतर्कता अपनाइने निर्णयअनुरूप इनरलाइन परमिट रद्द गर्नका साथै राज्यका सबै नाकामा चौबिसै घण्टा निगरानी टिम तैनाथ गरिने भएको हो ।

बैठकमा विशेषगरी भारतमा कोरोनाको बढ़्दो सङ्क्रमणबारे चिन्ता व्यक्त गर्दै सम्भावित खतराबाट सिक्किमलाई जोगाउनका लागि उचित र प्रभावकारी कार्ययोजना र सतर्कता अत्यावश्यक रहेको ठहर गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ