काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले चीनले सगरमाथामा गरिरहेको गतिविधिबारे प्रश्न उठाएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद शाहले सगरमाथामा चीनको गतिविधिबारे नेपाललाई थाहा हुनुपर्ने बताए ।
‘मे २० मा सथरमाथाको उचाइ नाप्न नेपालको समन्वयमा टोली पठाएको हो की होइन?’, उनले सोधे, ‘जिनुहुवा कल्चर एण्ड ट्राभल्स’ जुन चीनको आधिकारिक पेज हो । त्यसले के देखाउँछ भने सगरमाथामा अथवा उनीहरुको भाषामा माउन्ट चोमोलाङ्मा नाप्न सर्भे टिम पठाएको छ । त्यो सर्भे टिम नेपालसँगको समन्वयमा पठाएको हो की?’
सांसद शाहले चीनले सगरमाथा आधार शिविरमा फाइभ जी नेट्वर्क राखेको बारेमा पनि प्रश्न गर । ‘२७ मे मा अफिसियल चाइना सिन्ह्वा न्यूजले त्यहाँ चिनियाँहरु गएर फाइभ जी टावर पनि लगाएको छ’, उनले भने, ’नेपाल र चीनको संयुक्त निर्णयपछि मात्रै त्यहाँ सर्भे टिम पठाउनु पर्छ । यसरी एकपक्षीय गतिविधि हुनु राम्रो होइन ।’
तपाईको प्रतिक्रिया