सर्लाही, २ जेठ । कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेका सञ्चारकर्मीहरुलाई महामारीबाट बच्नका लागि गोडैता नगरपालिकाले जिल्लामा रहेका संचारगृहहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
नगरपालिकाले बिहीबार सात वटा सञ्चारगृहलाई मेडिकल सामग्री प्रदान गरेको हो । कोभिड–१९ को महामारीबारे सूचना सकंलनका लागि उच्च जोखिममा रहेको सञ्चार गृहका क्रियाशील पत्रकारहरुका लागि पीपीई उपलब्ध गराएको नगरपालिका प्रमुख देबेन्द्र यादवले बताए ।
कोरोनाको संक्रमणबाट सञ्चारगृहका संचारकर्मीहरू जोखिममा रहने भएकाले नगरपालिकाले जोखिमलाई न्यूनीकरण गर्न सुरक्षा सामग्री (पिपिइ) प्रदान गरेको हो ।
कोभिड १९ को महामारीको समयमा संचारकर्मीहरु बढी जोखिममा रहेको अवस्थामा जिल्लामा पत्रकारहरू बढी भएको र सुरक्षा समाग्री कम रहेकोले सञ्चारगृहले नै सुरक्षा समाग्री प्रदान गरिएको बताए ।
उहाँले सो पिपिई आवश्यकता अनुसार सञ्चारगृहले नै आफना संस्थनमा काम गर्ने सञ्चारकर्मिको व्यक्तिगत सुरक्षालाई ध्यानमा राखी सामग्रीको उपयोग गर्ने गरि वितगरण गरिएको समेत यादवले बताए । पछिल्लो समय सञ्चारकर्मीहरु पनि कोरोना संक्रमित हुन थालेपछि नगरपालिकाले सहयोग प्रदान गरेको हो ।
तपाईको प्रतिक्रिया