सञ्चारविज्ञ पन्तलाई भारतमा अवार्ड

समाचार

3/8/2020

काठमाडौं, २५ फागुन । सञ्चार विज्ञ तथा मिडिया शोधकर्ता लक्ष्मणदत्त पन्तले इन्टरनेशनल कम्युनिकेसन एक्सलेन्स अवार्ड प्राप्त गरेका छन् ।

भारतको बैंग्लोरमा आयोजित १४ औं ग्लोबल कम्युनिकेसन कनक्लेभमा पब्लिक रिलेसन काउन्सिल अफ इन्डियाले पन्तलाई अवार्ड प्रदान गरेको हो ।

विश्वभरिबाट भेला भएका सञ्चारकर्मी, जनसम्पर्क तथा मिडिया विज्ञहरुको उपस्थितिमा प्रदान गरिएको उक्त अवार्ड अन्तर्राष्ट्रिय सञ्चार क्षेत्रको उत्कृष्ट अवार्ड मानिन्छ ।

पन्तले सञ्चार, मिडिया विकास तथा अनुसन्धानका क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा पु¥याएको योगदानका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

नेपाल, भारत, चीन, मलेसिया, श्रीलंका, बंगलादेश र फिनल्याण्डका विश्वविद्यालयहरुमा पत्रकारिता शिक्षण र सोधमा संलग्न पन्तका अन्तर्राष्ट्रिय जर्नलहरुमा मिडियासम्बन्धी लेखहरु समेत प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ