आबुखैरेनी–पोखरा सडक विस्तार गर्न भारतीय कम्पनीको प्रस्ताव

समाचार

2/19/2020

काठमाडौं, ७ फागुन । पृथ्वीराजमार्ग अन्तर्गतको आबुखैरनी–पोखरा सडकखण्ड विस्तारका लागि भारतीय कम्पनीले प्रस्ताव गरेको छ । आबुखैरनी–पोखरा ८० किमि सडक खण्ड दुई प्याकेजमा विस्तार गरिनेछ ।

४०\४० किमिको दुई प्याकेज बनाइएको छ । प्रस्ताव पेस गर्ने अन्तिम मिति माघ १६ सम्म पोखराबाट पूर्वखण्डमा १८ र आबुखैरेनीबाट पश्चिम १७ वटा कम्पनीले प्रस्ताव पेस गरेको सडक विभाग आयोजना निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार दुवै प्याकेजमा एउटा भारतीय र बाँकी सबै चिनियाँ कम्पनीले प्रस्तव पेस गरेका छन् । आबुखैरनी–पोखरा सडक खण्ड निर्माण गर्न करिब २५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ