रुपन्देही, २२ असार । बुटवल उपमहानगरपालिका–१२ हरिया टोलबाट अवैध लागूऔषध चरेश २२ दशमलव ५ केजी सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बुटवल उपमहानगरपालिका–१२ हरियाली टोल बस्ने रुकुम (पूर्व) सिस्ने गाउँपालिका(८ घर भएका ३४ वर्षीय रतिभान दमाई र गुल्मी मदाने गाउँपालिका–७ घर भएका २९ वर्षीय मेघराज गिरी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पारिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया