सुत्केरी तथा गर्भवति महिलालाई पोषण सामग्री वितरण गरेपछि उत्साहित

समाचार

7/16/2020

राजविराज, १ साउन । बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत सुनौलो हजार दिनका महिलाहरूलाई पोषण सामग्री वितरण गरेपछि उनीहरू उत्साहित भएका छन् ।

बिहीबार राजविराज नगरपालिकाका उपप्रमुख साधना झाले राजविराज १४ स्थित को मधेपुरामा गर्भबति तथा सुत्केरी महिलालाई पोषणका सामग्री वितरण गरेपछि उनीहरू उत्साहित भएका छन् ।

राजविराज नगरपालिका र युनिसेफको सहयोगमा संचालित बहुक्षेत्रीय पोषणअन्तर्गत सुनौलो हजार दिनका महिलाहरूलाई कुखुराको अण्डा दुई क्रेट, १० किलो चामल, दुई पोका नुन, चना दुई केजी, खानेतेल दुई किलो, डिटोल साबुन दुई थान लगायतका सामग्री वितरण गरिएको राजविराज नगरपालिका बहुक्षेत्रीय पोषण कार्यक्रममा सहजकर्ता रंजिता कुमारी यादवले बताइन् ।

पहिलो चरणमा नगरपालिकाले वडा १४ मा गर्भबति र सुत्केरी महिलाहरूलाई पोषण सामग्री वितरण गरेको वडा नम्बर १४ का वडा अध्यक्ष शोभालाल मण्डलले जानकारी गराएका छन् ।

मधेपुरा का ६० जना सुनौलो हजार दिनका गर्भवति तथा सुत्केरी महिलाहरूलाई पोषणका सामग्री बितरण गरिएको उनले बताए ।

यसैगरी नगरपालिका स्वास्थ्य शाखाले ६० जना गर्ववति तथा सुत्केरी महिलाहहरूलाई दुई वटा साबुन समेत बितरण गरिएको स्वास्थ शाखा प्रमुख निरन्जन यादबले जानकारी दिएका छन् ।

गरिव बिपन्न, सुनौलो हजार दिनका महिलाहरूका लागि बहुक्षेत्रीय पोषण कार्यक्रमले उनीहरूको ब्यवहारमा परिवर्तन हुन थालेपछि उनीहरू उत्साहित हुँदै गएको राजबिराज नगरपालिकाका बहुक्षेत्रीय पोषण योजना कार्यक्रमका फोकल पर्सन निरन्जन यादवले बताए ।

राजविराज नगरपालिका वडा नम्वर २, ५ र १४ का सुत्केरी, गर्भवति महिलाहरूलाई पोषणका सामग्रीहरू वितरण गरिने नगरपालिका स्वास्थ्य प्रमुख समेत रहेका निरन्जन यादबले जानकारी दिएका छन् ।

सो अवसरमा राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, वडा अध्यक्ष शोभालाल मण्डल, प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थापा, शाखा अधिकृत अनिता चौधरी, वडा सचिव चेतनारायण यादब, स्वास्थ शाखा प्रमुख निरन्जन यादब, पशु शाखाका प्रमेश्वर यादब, वडा सदस्य दानालाल साह, अभिन्नदन मण्डल, लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ