काठमाडौं, २७ चैत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अहिलेको असाधारण परिस्थितिमा असाधारण भूमिक खेल्न आग्रह गरेका छन् ।
मन्त्री त्रिपाठीले बुधबार एक भिडियो सन्देश जारी गर्दै नेपालको संविधानले स्थानीय तहलाई असाधारण अधिकार दिएकोले अहिलेको असाधारण परिस्थितिमा असाधारण भूमिका खेल्न आग्रह गरेका हुन् ।
उनले भनेका छन्, ‘जब जनताका प्रतिनिधि वा सेवक भएर काम गर्छन् तिनको मूल्यांकन र अग्निपरीक्षा पनि भइरहेको छ । जब ति शासकको रुपमा परिणत हुन्छन्, विश्वमा कसैले पनि तिनलाई बचाउन सक्दैन ।’
उनले राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर मतदाता होइन, अमनागरिकसरह व्यवहार गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘मतदाता हुँदा हुने भेदभावहरुलाई पन्छाएर यहाँहरुले आमनागरिक सरह व्यवहार अगाडि बढाउनुपर्ने आवश्यकता छ ।’
भिडियो स्रोत : मन्त्री त्रिपाठीको युट्युब च्यानल
<iframe src="//www.youtube.com/embed/iuKDl7tKe-4" width="560" height="314" allowfullscreen="allowfullscreen"></iframe>
तपाईको प्रतिक्रिया