कैलाली, २७ फागुन । चीनबाट आयात रोकिएपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका बजारमा चिनियाँ सामग्रीको अभाव हुन थालेको छ ।
लत्ताकपडा, जुत्ता, फलफूललगायत कस्मेटिक सामानको अभाव हुन थालेको व्यापारीहरूले बताएका छन् । कोरोना भाइरसको संक्रमण देखिएपछि चीनबाट व्यापारिक मालसामानको आयात रोकिएको छ ।
बन्दरगाहमा पनि स्टक नरहेकाले अभाव हुन थालेको व्यवसायी बताउँछन् ।
केरुङ नाका बन्द भएकाले लामो समयदेखि करोडौं रुपैयाँ बराबरको व्यापारिक सामान रोकिएको व्यवसायीले बताएका छन् । चीनबाट लत्ताकपडा, इलेक्ट्रोनिक सामान मात्रै नभई फलफूलदेखि खाद्य समाग्रीसमेत आउने गरेको छ ।
तपाईको प्रतिक्रिया