कैलाली, २१ फागुन । नेपाली काँग्रेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको राष्ट्रिय भाषा र अन्य मातृ भाषाहरू हराउन थालेका भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।
भाषा अति महत्त्वपूर्ण विषय भएकाले यसको संरक्षणमा जागरण ल्याउनुपर्नेमा देउवाको जोड छ ।कैलालीको धनगढीमा सम्पन्न विश्व नेपाली साहित्य महोत्सवको समापन गर्दै देउवाले राष्ट्र भाषाका रूपमा प्रचलित नेपाली बिर्सेर अङ्ग्रेजी अङ्गाल्नु चिन्ताको विषय भएको बताउनु भयो ।
साथै मातृ भाषामा समेत विविधताले भरिपूर्ण सुदूरपश्चिमका सबै भाषाको संरक्षण आवश्यक रहेको उहाँको भनाई छ । राजनीतिक एकता कायम हुन सके सुदूरपश्चिमको एकतालेनै पश्चिम सेती बन्न सक्ने भन्दै उहाँले विकासका लागि राजनीतिक एकता आवश्यक रहेको बताउनुभयो ।
विकास निर्माणका सवालमा समेत पार्टी नभनेर सबैले एकजुट हुनुपर्ने देउवाले बताउनु भयो । समापन कार्यक्रममा देउवालाई नागरिक अभिनन्दन समेत गरिएको थियो ।
तपाईको प्रतिक्रिया