निःशुल्क सेनिटेरी प्याड वितरण

समाचार

3/10/2020

विराटनगर, २७ फागुन । विराटनगरको हाटखोलामा केही दिन अगाडि सञ्चालनमा आएको आरके महलले ग्रहकको लागि विभिन्न अफर लिएर आएको छ ।

अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महलमा आएका एक सय बढी महिलालाई महलले निःशुल्क सेनिटरी प्याड वितरण गरेको छ । आइतबार महलले महिला ग्राहकलाई सेनिटरी प्याड वितरण गरेको हो ।

महिला दिवसमा महिलाहरुलाई अति आवश्यक प्याड जनचेतनाको लागि वितरण गरिएको महलका सञ्चालक सुनिल शर्माले बताए । साथै , महलले राखेका विभिन्न अफरले महलमा सर्वसाधारणको भिड बढ्दै गएको छ । उक्त महलमा सम्पुर्ण सामग्री उचित मुल्यमा पाइने भएको हुनाले सर्वसाधारणको भिड बढिरहेको शर्माले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ