जातीय विभेदविरुद्धको सन्देश दिन रक्तदान कार्यक्रमको आयोजना

समाचार

6/12/2020

धनगढी, ३० जेठ । “जातजाती सबै समान, रक्तदान जीवनदान भन्ने नारा सहित कैलालीको टीकापुरमा पश्चिम रुकुमको चौरजहारी घटनाका विरुद्ध सरकारलाई ध्यानाकर्षण गर्न रक्तदान कार्यक्रम गरिएको छ । जातीय विभेदका विरुद्धको सन्देश मुलक रचनात्मक रक्तदान कार्यक्रममा १२ पिन्ट रगत संकलन भएको छ ।

रक्तदान गर्दै राष्ट्रिय दलित आयोगका पुर्व सदस्य दान बहादुर विक ‘चित्रण’ले जातिय विभेदका कारण पश्चिम रुकुममा भएको घटनाको जति निन्दा गरे पनि कम हुने बताउँदै सो घटनालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको बताए । दलितको रगत चल्ने सम्बन्ध किन नचल्ने भनी रुकुम घटनाका दोषीलाई कार्वाही पिडितलाई न्याय दिन सरकारलाई दबाव सहित खबरदारी गर्न नेपाल दलित अधिकार अभियान टीकापुरद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

पछिल्लो समयमा जातीय विभेदका कारण विभिन्न घटना घटिरहेकोले दलित तथा गैर दलितले प्रेम गरेकै कारण रुकुमको भेरीमा रगत नबगाई रगत आवश्यक परेका जुन वर्गको पनि शरीरमा रगत बगाउन दलित समुदाय पछि हट्दैन भन्ने सन्देश दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको दलित नागरिक समाजका अगुवाहरुको भनाई रहेको छ ।

रक्तदान गर्नेहरुमा १२ जना दलित सामुदायका रहेका थिए टीकापुर स्थित नेपाल दलित अधिकार अभियानका अध्यक्ष धन बहादुर विकले रुकुम घटनाको सत्यतथ्य छानबिन पिडकलाई हदै सम्मको कारवाही पिडितलाई न्याय दिलाउन रचनात्मक तरिकाले रुकुम घटनाको सत्यतथ्य छानबिन होस् भनी रक्तदान कार्यक्रमको आयोजना गरेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ