सुनौलो हजार दिनका सुत्केरी तथा गर्भवति महिलालाई चल्ला वितरण

समाचार

7/8/2020

सप्तरी, २४ असार । तिलाठी कोइलाडी गाउँपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत सुनौलो हजार दिनको महिलाहरूलाई हाँसका चल्ला वितरण गरेको छ ।

मंगलवार तिलाठी कोईलाडी गाउपाँलका र युनिसेफको सहयोगमा संचालित बहुक्षेत्रीय पोषणअन्तर्गत सुनौलो हजार दिनका महिलाहरूलाई हाँसका चल्ला वितरण गरिएको हो ।

पहिलो चरणमा गाउपालीकाले वडा ५, ६, ७ र ८ मा गर्भबति र सुत्केरी महिलाहरूलाई चल्ला बितरण गरिएको वडा नम्वर ८ का वडा अध्यक्ष लक्ष्मी खंगले जानकारी गराएका छन् ।

उनले तोपाका ४० जना सुनौलो हजार दिनका गर्भवति तथा सुत्केरी महिलाहरूलाई हाँसका चल्ला बितरण गरिएको बताए ।

गरिव बिपन्न, सुनौलो हजार दिनका महिलाहरूका लागि बहुक्षेत्रिय पोषण कार्यक्रमले उनीहरूको ब्यवहारमा परिवर्तन हुन थालेपछि उनीहरू उत्साहित हुँदै गएको तिलाठी कोईलाडी गापा बहुक्षेत्रिय पोषण योजना कार्यक्रम स्वयंमसेवक केसिना सिँहले बताईन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ