इनरुवा, ५ पुस । सुनसरीमा दुई वर्षयता बलात्कारको घटनामा वृद्धि भएको छ । एक वर्षको अवधिमा १० वर्ष मुनिका ९ जना बालिका बलात्कृत भएकी छन् भने गएको वर्षको पुस १७ देखी यो वर्षको मंसिरसम्मा ८१ वटा बलात्कारको घटना भएको इन्सेक सुनसरीले शुक्रबार गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० वार्षिक पूर्व समीक्षामा जानकारी दिएको छ ।
यहाँ एक वर्ष अवधिका राज्यबाट ८ र गैर राज्यबाट १५७ वटा गरि १६५ वटा घटनाहरु यहाँ अभिलेख गरिएकोमा ८१ वटा बलात्कारको घटना रहेको छ । इन्सेकको प्रतिवेदन अनुसार विगतको तुलनामा नेपालको मानव अधिकारको अवस्था सुधार भएको छ तर महिला र बालिका हिसाँको घटनामा वृद्धि भएको देखाएको छ ।
द्धन्द्धको जस्तो हत्या हिसाँ कम भएपनि बलात्कार, यौनजन्य हिसाँ, बहुविवाह, घरेलु हिसाँको घटनामा वृद्धि भएको जनाएको छ । मानव अधिकारको कुरा गर्दा नागरिक अधिकार, सम्मानित रुपले बाँच्न पाउने अधिकार, राजनीतिक अधिकार, अभिब्यक्ति,भेला तथा संगठित हुने अधिकार लगायतको पूर्ण प्रत्याभुती गर्न भने नागरिकले पाएको छैन् ।
देशभरका ७७ जिल्लामा नै अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले मानवअधिकारको हनन तथा उल्लंघनका घटनाहरु संकलन गरि विश्लोषण सहित मूख्य घटनाहरु र अवस्थाहरुको बारेमा नेपाल मानव अधिकार वर्ष पुस्तकमा प्रकाश गर्ने सन्दर्भमा सन् २०१९ भरीमा भएको मानवअधिकारको हनन तथा उल्लंघनका घटनाहरु संकलन गरि विश्लोषण सहित २०२० को पुस्तकमा प्रकाशन गर्ने क्रममा सुनसरीको समेत घटनाहरु समावेश हुने भएकाले त्यसका लागि पूर्व समिक्षा गरिएको हो ।
यस समिक्षामा इन्सेक प्रतिनिधिले संकलन गरेको घटनाहरु राज्य पक्षबाट गिरफ्तारी ४ वटा, गोली प्रहार १ वटा, महिला माथि यौन दुरव्यवहार १ वटा र हिरासतमा यातना १ वटा भएको छ भने इटहरी प्रमुखद्धारा पत्रकार विराट अनुपम माथि भएको धम्कीको घटना समावेस गरिएको छ ।
त्यसैगरी गैर राज्य पक्षबाट बलात्कारका घटना ८१ वटा( जस्मा पीडित १० वर्ष मुनीका इटहरीमा ५ ,धरान, दुहवी इनरुवामा १।१ गरि ३, रामधुनीमा २, १९ वर्ष मुनीका ५९ जना र २० वर्ष माथिका १२ जना छन् । बलात्कार प्रयासका १० वटा र बाल यौन दुरव्र्यवहार २ वटा, बहुविवाह १३ वटा, घरेलु हिसाँ ४० वटा, बाल विवाह १ वटा, बम विस्फोट ४ वटा, पत्रकार माथि आक्रमण २ वटा ( दिलबहादुर राई युट्युव डिटिभी र सन्तोश काफ्ले न्यूज २४), एम्बुलेन्स चालक माथि आक्रमण १ वटा (दुहवीमा), सामाजिक वहिस्कार १ वटा (हरिनगरमा), विद्यालयमा शारिरिक सजाय ३ स्थानमा (भोक्राहा, इटहरी र धरानमा गरि ७ जनालाई) विद्यालयमा बम विस्फोट २ वटा (धरान र इटहरी) भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
यसैबीत जिल्ला प्रहरी कार्यालय सुनसरीमा आर्थिक वर्ष २०७५।०७६ मा बलात्कार १०५ वटा, बलात्कार उद्योग २२ वटा, मानवबेचविखन १८ वटा, बहुविवाह ३२ वटा, बाल विवाह ३ वटा, घरेलु हिसाँ ४५३ वटा, बोक्सीको आरोप १ वटा घटना रहेको थियो भने चालु आ.व.को साउन देखी मंसिरसम्ममा बलात्कार ४१ वटा, बलात्कार उद्योग १० वटा, मानवबेचविख ४ वटा, बहुविवाह १३ वटा, झुण्डिएर आत्महत्या १८ वटा र घरेलु हिसाँ ९१ रहेको तथ्यांक छ ।
उता सुनसरी जिल्ला अदालतमा चालु आ.व.को साउन देखी मंसिरसम्ममा विस्फोट २, वहुविवाह ११ वटा, अपहरण ८ वटा, ज्यान मार्ने, कर्तव्य ज्यान र उधोग सहित २७ वटा, घरेलु हिसाँ ४० वटा, जवरजस्ती करणी, जजकउ , बाल यौन दुरुपयोग सहित ४२ वटा मुद्धा प्रकृयामा रहेका छन् ।
इन्सेक प्रतिनिधि जयकृष्ण यादवले प्रस्तुत गरेको प्रतिवेदन माथि सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरी, जिल्ला समन्वय समितिका सदस्य सम्भु विश्वास, स्वास्थ्य कार्यालयका सिवन ठाकुर, आयुर्वेक स्वास्थ्य केन्द्र प्रमुख डा.सूर्यनारायण मेहता, शिक्षा विकास तथा समन्वय इकाई निमित प्रमुख देवेन्द्र बहादुर मल्ल, नेकपाका प्रतिनिधि गोविन्द निरौला, समाजवादी पार्टीका जिल्ला अध्यक्ष भगिरथ खत्वे लगायतकाले सुझाव राखेका थिए ।
कार्यक्रममा नागरिक समाजका पुरुषोतम घिमिरे, चितरञ्जन यादव, धिरज भट्टराई, जितेन्द्र यादव, भेषराज पोखरेल, सरिता कार्की, चित्रा सुवेदी, देवनारायण चौधरी, सरस्वती लुईटेल, इन्दिरा पराजुली, कानुन अधिकारी, लता भट्टराई, प्रतिमा भट्टराई, उषा ओझा, राखी गुप्ता, नविनचन्द साह, विष्णु थापा मगर, फडिन्द्र प्रसाद दालाह लगायतकाले मानव अधिकार वर्ष पुस्तकको बारेमा बोलेका थिए ।
त्यसैगरि इन्जिनियर पुस्कर पोखरेलले देशमा विकाश भएको र संविधान आएको भएपनि मानविय विकासको अभाव भएकाले मानविय विकास र नैतिकताको शिक्षा तथा सचेतना दिएर अधिकार हनन, उलघंन र अपराध कम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मानव अधिकार समूहका शोभा मेहता, अनिता उराँव, इन्सेकका मिना साह, वेपता परिवारका सदस्य रुपेश साह, शिक्षक संघका देवनारायण यादव, धमेन्द्र ठाकुर, शिक्षक संगठनका देवकृष्ण यादव, रामानन्द मण्डल, शिक्षक फोरमका तेजनारायण यादव, पूर्व प्रधानाध्यापक पुरुषोतम घिमिरे, गंगाराम मण्डल, उद्योग वार्णिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र साह, समाजसेवी देवनारयाण यादव लगायतकाले बलात्कारको घटना बढेकाले सचेतना कार्यक्रम गर्नुपर्ने सुझाव दिए ।
त्यसतै नेपाल पत्रकार महासंघका सदस्य चन्दन गुप्ता, टोमराज मेहता, पत्रकार सरोज बराल, दिपेन्द्र यादव,राधा कोईराला, लक्ष्मी दंगाल, पिएमणी भट्टराई, आषिश कुमार यादव, यमुना रेग्मी, अधिकारकर्मी चन्नी खातुन, तोया गिरी, सरस्वती खतिवडा, रिभा कर्ण, रंजित राम, सहजादी प्रविण, विनिता दाहाल, बालकुमारी विक, टिका शिवाकोटी, आम्बिका घिमिरे, निला दाहाल, दिनेश साह लगायतका सरोकारबालाहरुले १० वर्ष मुनीका बालिकाहरु समेत बालात्कार र यौनजन्य हिसाँको सिकार भएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रम सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीको प्रमुख आतिथ्य र मानव अधिकार सञ्जालका अध्यक्ष रमेश भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा इनरुवा नगर उपप्रमुख जमुना गौतम पोखरेलले जनता जागरुक र सचेत भए अधिकारको लागि कसैसंग लडाई नै गर्नुनपर्ने बताए ।
तपाईको प्रतिक्रिया