सेफ्टी ट्याङकीमा डुबेर मृत्यु

समाचार

7/25/2020

नवलपरासी (वर्दघटा सुस्ता पश्चिम), १० साउन । बर्दघाट नगरपालिका–४ शान्तिनगर बस्ने सिता भट्टराईको ४ वर्षीय छोरा शिबम् भट्टराई सोही नगरपालिका शिवकोलनी बस्ने मामा नाता पर्ने चिन्तामणी तिवारीको घरमा बन्दै गरेको सेफ्टी ट्याङकीमा डुबेर शुक्रबार मृत्यु भएको छ ।

खेल्दै जाने क्रममा सेफ्टी ट्याङकीमा रहेको पानीमा डुबी रहेको अवस्थामा फेला पारी उपचारको लागि चिसापानी सामुदायिक अस्पताल बर्दघाट लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ