सेभ द चिल्ड्रेनद्वारा प्रदेश २ सरकारलाई २६३ थान पीपीई प्रदान

समाचार

5/10/2020

जनकपुरधाम, २८ बैशाख । कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्व लड्न सेभ द चिल्ड्रेनले प्रदेश २ सरकारलाई २ सय ६३ थान पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) प्रदान गरेको छ ।

सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई उक्त सामग्री प्रदान गरेको सेभ द चिल्ड्रेनका पूर्वाञ्चल फिल्ड कार्यालयका सहनिर्देशक डा. अजयकान्त झाले बताए ।

सेभ द चिल्ड्रेनले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले कोरोना महामारीविरुद्व लड्न सहयोग पुग्ने सामाजिक विकास मन्त्री साहले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ