कैलाली, १६ जेठ । संयुक्त राष्ट्र संघ जनसंख्या कोष (यु. एन. एफ. पि. ए.) द्वारा प्रजनन स्वास्थ्य सामाग्री (आर. एच. किट ११ बि ) सेती प्रादेशिक अस्पताल लाई हस्तान्तरण गरिएको छ ।
उक्त सामग्री प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. गुण राज अवस्थी मार्फत सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डा. हेम राज पाण्डेलाई हस्तान्तरण गरिएको हो । डा अवस्थीले विपद्को समयमा प्रदान गरिएको सामाग्रीले धेरै आमाहरुको जिबन बचाउन सहयोग पुग्ने भएकोले यु. एन. एफ. पि. ए. लाई धन्यवाद ब्यक्त गरे ।
विपद्को समयमा गर्भवती र सुत्केरीको समयमा हुने जटिलता व्यवस्थापन गर्नका लागि चाहिने अत्यावश्यक सामग्री, महत्व पूर्ण एन्टिबायोटिक, जिबन रक्षाका लागि आवश्यक औषधि लगायतका चिजहरु किट भित्र समावेश भएको क्षेत्रीय विकास संयोजक गिरि पन्थीले बताए ।
यस्तै नेपाल रेडक्रस सोसाइटी धनगढी शाखाका अध्यक्ष उत्तम जोशीले किशोरी तथा आमाहरुको जिबन रक्षा गर्ने उदेश्य अन्तर्गत विभिन्न जिल्लामा डिग्निटी किट पनि वितरण गर्दै आएको कुरा बताए । सामाग्रीको प्रयोग बारे यु. एन. एफ. पि. ए. का प्रजनन स्वास्थ्य अधीकृत निलकण्ठ गौतमले अस्पतालका कर्मचारीहरुलाई जानकारी गराएका थिए । सेती प्रादेशिक अस्पताल सुदुरपश्चिम प्रदेशको मुख्य रिफरल केन्द्र हो । जहाँ धेरै जटिल केसहरुको व्यवस्थापन हुने गरेको छ ।
तपाईको प्रतिक्रिया