विराटनगर, २९ वैशाख । सेवानिवृत्त कर्मचारी समाज केन्द्रिय कार्यालयले राहत स्वरुप विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई महानगरपालिकाको परिसरमा हस्तान्तरण गरेको छ ।
कर्मचारी समाजले कोरोनाबाट बच्न र बचाउनका लागि हाम्रो सानो सहयोगका हातहरु महानगरपालिकालाई हस्तान्तरण गरेका हौ । दैनिक रोजी रोटी गर्ने मानिसहरु भोक भोकै नहुन् भन्ने हाम्रो अभिप्राय हो ।
सबैको सहकार्यबाट मात्र सम्भव हुने हुनाले यो कामको थालनी गरेका हौं । हामीले यस्तो बिपद्मा यस्ता सामाजिक खालका कामहरु गरेनौ भने भोलिका सरकारी कर्मचारी जो रिटार्यड हुन्छ उनीहरुलाई पनि मार्गदर्शन हुने हुँदा संगठित रुपमा यस्ता कामको थालनी गरेको कर्मचारी समाजका केन्द्रिय अध्यक्ष पर्शुराम नेपालले बताए ।
जागिरबाट रिटार्यड भएका पुर्व सरकारी कर्मचारीहरुको छाता संगठनले नगद तथा चामल, दाल, तेल लगायतका दैनिक सामग्रीहरु एकद्धार प्रणालीबाट स्थानीय सरकारले वडा तहसम्म पुग्न सजिलो हुने भएकोले पनि महानगरपालिकालाई नै सानो राहतको प्याकेज उपलब्ध गराएको केन्द्रिय अध्यक्ष नेपालले बताएका छन् ।
राहतलाई सहज र पारदर्शी बनाउन महानगरपालिका लागि परेको हुनाले सबैबाट सहयोगको अपेक्षा गरेका छौं । तपाईहरु जस्तै अन्य महानगरवासीहरुबाट राहत एकद्धार प्रणालीबाट बितरण गर्न सके मात्र सबैको घर परिबारमा राहत पुग्न सक्ने साथै बिपन्न परिवारहरु भोकै बस्नु नपर्ने वातावरण सृजना गर्न सजिलो हुने महानगरपालिका मेयर भिम पराजुलीले बताए ।
तपाईको प्रतिक्रिया