काठमाडौं, २३ असार । सरिता गिरीले आफूलाई पार्टीबाट निष्काशन गरेको र सांसद पदबाट हटाएको समाजवादी पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएकी छन् ।
उनले आफूलाई कानूनविपरीत पार्टी र सांसदबाट हटाएको तर्क गरेकी छन् । उनले कुनै पनि किसिमले आफू कारबाहीको भागिदार नरहेको दाबी गरेकी छन् ।
उनले आफूलाई गैरकानूनीरुपमा पार्टीबाट निष्काशन र सांसद पदबाट हटाएको कुरा सामाजिक सञ्जालमा भनेकी छन् । उनले पार्टीको सो निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भनेकी छन् ।
तपाईको प्रतिक्रिया