भारत र ब्राजिलबीच १५ बुँदे सम्झौतापत्रमा हस्ताक्षर

समाचार

1/26/2020

नयाँ दिल्ली, १२ माघ । भारत र ब्राजिलले साइबर सुरक्षा, जीवविज्ञान तथा स्वास्थ्य र औषधिलगायतका विभिन्न क्षेत्रलाई समेट्ने गरी १५ बुँदे सम्झौतापत्रमा शनिबार हस्ताक्षर भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ब्राजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारोबीच भएको द्विपक्षीय वार्तापछि ती दुई मुलुकले साइबरसुरक्षा, जीवविज्ञान र स्वास्थ्य र औषधिलगायतका क्षेत्रमा सहकार्यका लागि सम्झौता भएको हो ।

दुई मुलुकबीच जैविक ऊर्जा तथा लगानी, सुविधासम्बन्धी सहयोग, स्वास्थ्य तथा चिकित्सा र सांस्कृतिक आदानप्रदानका लागि भएको कार्यक्रम सम्झौता सन् २०२० देखि सन् २०२४ सम्मका मान्य हुनेछ । 

ब्राजिल र भारतबीच सामाजिक सुरक्षा, साइबर सुरक्षा, वैज्ञानिक तथा प्रविधि सहकार्य, भूगोल तथा खनिज स्रोतबारे ज्ञानलाई आपसी हितका लागि आदानप्रदान गरिनेलगायतका विषय पनि सम्झौतामा उल्लेख छन् ।

दुबै पक्षले आपराधिक गतिविधिमानियन्त्रणका लागि कानूनी सहयोग गर्ने, तेल र प्राकृतिक ग्यासको क्षेत्रमा सहयोग गर्ने, पारम्परिक चिकित्सा प्रणाली र होमियोप्याथीको क्षेत्रमा सहयोग गर्ने सहमति भएको सम्झौताबारे संयुक्त घोषणामा उल्लेख गरिएको छ ।
ब्राजिलका राष्ट्रपति बोल्सानारा भारतको ७१ औं गणतन्त्र दिवस २०२० को प्रमुख पाहुनाका रूपमा रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ