सीमानाकामा थप कडाई गर्न मुख्यमन्त्री राउतको निर्देशन

समाचार

7/26/2020

जनकपुरधाम, १२ साउन । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

आइतबार सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा कडा लक्षण सहितको कोरोना संक्रमित फेला पर्नुको मुख्यकारण सीमानाका बाट लुकीछुपी आउने हरुको रहेको उल्लेख गर्दै तीन वटै सुरक्षा निकायलाई सीमा नाकामा थप कडाई गर्न निर्देशन दिएका हुन् ।

बैठकमा मुख्यमन्त्री राउतले लक्षण सहितको कोरोना संक्रमितहरु देखिन थाले पनि यसबाट जोगिन अपनाउनु पर्ने उपायहरु बारे विज्ञहरुसँग सुझावसमेत लिएका छन् ।

कोरोना नियन्त्रणको लागि प्रदेश सरकारबाट भए गरेको कामकाजको प्रगतिबारे जानकारी लिँदै मुख्यमन्त्री राउतले रोकथाम , नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिए ।

बैठकमा समाजिक विकासमन्त्री नवल किशोर साह, प्रमुख सचिव अर्जुन प्रसाद पोखरेलसहित विभिन्न मन्त्रालयका सचिवहरु, विज्ञ समूहका सदस्यहरु, सुरक्षा निकायका प्रमुखहरु सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ