अत्यावश्वक सामानका पसल तीन दिन मात्रै खुल्ने

समाचार

5/26/2020

बुटवल, १३ जेठ । बुटवल उपमहानगरपालिकाले लकडाउनलाई समय तालिका बनाएर व्यवस्थित गरेको छ । अनावश्यक रुपले घरवाहिर निस्कने र विहानी र रात्री हिडाईलाई निरुत्साहित गर्न र असुरक्षित रुपले सामान खरिद विक्री कार्यलाई व्यवस्थित, सुरक्षित तथा सामाजिक दुरी पालना गर्न कडाई गरेको हो ।

खाद्यान्न, तरकारी तथा फलफुल पसलहरु हप्तामा ३ दिन, विहान ९ बजे देखि २ बजेसम्म आइतवार, मंगलवार र विहीवार खोल्न पाइने भएको छ । स्थानीय स्तरमा उत्पादन भएको हरियो ताजा तरकारी र फलफुल स्थानीय पालिका मार्फत स्थानीय उत्पादन भनी सिफारिस गरेको आधारमा र बुटवल उपमहानगरभित्रको भए सम्बन्धित वडा कार्यालयले सिफारिस गरेको आधारमा घरघरमा डुलाई विहान ७ बजेदेखि १० बजेसम्म विक्री वितरण गर्न पाइने नियम बनाइएको छ ।

उपमहानगरद्वारा जारी गरिएको सार्वजनिक सूचना अनुसार कृषि कार्यसँग सम्बन्धित कार्यका लागि आवश्यक मल, विउ, औषधी पसल आइतवार, मंगलवार र विहीवार विहान ९ः०० बजेदेखि २ः०० बजेसम्म खोल्न पाइने छ ।

दुध तथा डेरी उत्पादन प्रत्येक विहान ७ बजेदेखि १० बजेसम्म र वेलुकी ५ बजेदेखि ७ बजेसम्म विक्री गर्न पाउने व्यवस्था मिलाइएको छ । दुध विक्रेताले उत्पादन, संकलन गरेको स्थल खुलेको सम्बन्धित पालिका वा वडावाट भएको सिफारिस साथमा ल्याउनुपर्ने छ । विकास निर्माणसँग सम्बन्धित माल सामान विक्री गर्ने हार्डवेयर पसल हप्तामा ३ दिन आइतवार, मंगलवार, विहीवार विहान ९ बजेदेखि २ बजेसम्म खोल्न सकिने भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ