सिमानामा सशस्त्र बल परिचालन

समाचार

4/24/2020

काठमाडौं, १२ बैशाख । लकडाउनलाई प्रभावकारी बनाउन नेपाल–भारत सीमामा डेढ–डेढ किलोमिटर दूरीमा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । लकडाउनको सबैभन्दा प्रमुख चुनौति नेपाल–भारतको खुला सीमा भएकोले २२६१६ सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्मको करिब १ हजार ८ सय ८० किलोमिटर दूरीमा सीमा सील गर्न १ हजार २ सय १३ अस्थायी चेकपोस्ट खडा गरिएको छ । नयाँ चेक पोस्टमा मात्रै साढे ८ हजार जनशक्ति परिचालन गरिएको छ। यो जनशक्ति दसगजामै राखिएको छ ।

यसअघि सीमा सुरक्षाका लागि ११९ बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) काम गरिरहेका छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी प्रविनकुमार श्रेष्ठका अनुसार सीमा नाका सुरक्षा, क्वारेन्टाइन सुरक्षा, हेल्थ डेस्कलगायत ‘इमिडियट रेस्पोन्स टिम’, चेक पोइन्ट, पिकेट, पैदल गस्ती, मोवाइल गस्ती, ‘क्वीक रिएक्सन टिम’ परिचालन गरिएको छ ।

उपत्यकामा ३ हजार र कर्णालीमा १७ सय सहित आइसोलेसन, क्वारेन्टाइन व्यवस्थापन, पैदल गस्ती, बिरामी ल्याउने लानेसहित ३२ हजार बढी सशस्त्र बल फिल्डमा परिचालनमा छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ