समन्वय समितिको बैठक शुरू

समाचार

3/4/2020

काठमाडौं, २१ फागुन । नेपाल–भारतको जिल्लास्तरिय समन्वय समितिको बैठक बैतडीमा शुरू भएको छ । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुला तथा भारतको उत्तराखण्डको पिथौरागढको संयुक्त बैठक बुधवार शुरू भएको हो ।

बैठकमा भारतको पिथौरागढ जिल्लाका डिस्टिक म्याजिस्टेट (डीएम) डाक्टर विजयकुमार जोगदण्डे, बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदूनाथ पौडेलको सहभागीता रहेको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीमा जारी बैठकमा पिथौरागढ, बैतडी, दार्चुलाका सुरक्षा निकायका प्रमुख पनि सहभागिता रहेको छ ।

बैठकमा दुईपक्षीय हितका विभिन्न २१ बुँदामा छलफल भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

सीमामा नागरिकलाई हुने समस्या, भारतीय पेन्सनधारीलाई पेन्सन बुझ्न भएको समस्या, शान्तिसुरक्षा, मानवबेचबिखन, अवैध हातहतियार, वन्यजन्तु ओखटोपहार कारोबार, दुबै देशलाई असर पु¥याउने बाढी पहिरो नियन्त्रण, शरणार्थी समस्या, अवैध उत्खनन, अवैध मुद्रा नियन्त्रण र समसामयिक विषय (कोरोना भाइरस) लगायतका विषयमा छलफल भइरहेको जनाईएको छ ।

दुई देशको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा पहिलोपटक बसेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ