‘सम्बन्ध प्रगाढ बनाइराख्न सीमा विवाद अन्त्य गरियोस्’

समाचार

12/9/2019

काठमाडौं, २३ मंसिर । हाम्रो नेपाल संस्था, हनुमान आराधना मण्डल, काठमाडौं र हिन्दु राष्ट्र बचाउँ समितिको आयोजनामा भएको गोष्ठी सम्पन्न भयो ।

मण्डलका अध्यक्ष विमलराज शर्माको सभापतित्वमा भएको अन्तक्र्रिया गोष्ठीमा योगी नरहरिनाथ ट्रष्टका अध्यक्ष शंकर पौडेल, शंकरमोचन समाजका महासचिव सुदर्शन भट्टराई जावलाखेल सत्संग परिवारका महासचिव डा.नारायणहरि गजुरेल, हाम्रो नेपालका महासचिव प्रा. सुरन्जना बानियाँ, ने.वि.हि.म. कोषाध्यक्ष सत्यदेवी सेढाई, पशुपति दर्शन सेवा समितिका अध्यक्ष बलभद्रमान सिंह, हिन्दुराष्ट्र बचाउ समितिका उपाध्यक्ष भगवती पौडेल, छाडा बाच्छाबाच्छी सेवास्रमका अध्यक्ष विष्णुभक्त तण्डुकार र उपाध्यक्ष ऋपुसूदन थापा लगायतले नेपाल र भारतबीचको सीमा विवाद अति उच्च आयोग गठन गरेर स्थायी समाधान गर्न जोडदार माग गरेका थिए ।

प्रमुख वक्ता शंकर पौडेलले छिमेकी देश भारतलाई राजा दशरथको पालादेखि संरक्षण गर्दै आएको र राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहले पनि इष्टइन्डिया कम्पनी र मुगललाई हराएर मनोबर गिराएको हुँदा पछिल्ला दिनमा अंग्रजले भारत छाडेको हो भन्न सकिन्छ भन्दै भारतको सीमा नेपालले कहिल्यै नमिचेको र गंगापारीको नेपाल खुम्चिदै यो अवस्थामा आएको जगजाहेर छ ।

नेपालको सीमा एकतर्फी रुपमा भारतले मिच्ने र पिलर सार्ने कार्य घोर भत्र्सनायोग्य छ भन्दै उच्च आयोग गठन गरेर सीमा विवाद समाधान गरी दुई देश बीचको सम्बन्ध प्रगाढ बनाइराख्न जोडदार माग गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ