कोरोना भाइरस सम्बन्धी स्वास्थ्य परीक्षण तीव्र

समाचार

3/15/2020

रौतहट, २ चैत । नेपाल–भारत सीमास्थित रौतहटको गौर भन्सार कार्यालय नजिक कोरोना भाइरस सम्बन्धी स्वास्थ्य परीक्षण (स्क्यानिङ) कार्य तीव्र गतिमा भइरहेको छ ।

कोरोना भाइरस भारतमा फैलिएको हुँदा नेपालमा सर्नबाट रोक्न उद्देश्यले गद्धौर नगरपालिकाको स्वास्थ्यकर्मीले (स्क्यानिङ) गर्ने उपकरणसहित भारतीय क्षेत्रबाट आउने सर्वसाधरणको स्वास्थ्य परीक्षण (स्क्यानिङ) कार्य गरिरहेको हो ।

गौर नगरपालिकाको पहलमा क्रान्तिद्वारस्थित कोरोना भाइरस सहायता कक्ष स्थापना गरी सीमित साधन स्रोत एवं जनशक्तिाको भरमा फागुन २४ गतेदेखि सीमावर्ती क्षेत्रबाट नेपाल आउनेहरुको स्क्यानिङ भइरहेको गौरु नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख दिनबन्धु यादवले बताए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ