सीमाबारे नेपालसँग वार्ता हुँदैछ : भारत

समाचार

1/2/2020

काठमाडौं, १७ पुस । भारतले नेपालसँगको सीमा विवादबारे वार्ता भइरहेको जनाएको छ । भारतीय विदेश मन्त्रालयले कालापानीलगायत सीमाका विवादबारे नेपालसँग वार्ता चलिरहेको उल्लेख गरेको छ ।

विदेश मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रवीश कुमारले भारतले हालै जारी गरेको राजनीतिक नक्सा सही भएको र यसले ठिकसँग भारतको भूभागलाई समेटेको बताए । उनले यसबाट नेपाललाई कुनै असर नगर्ने पनि स्पष्ट पारे ।

‘सीमाका विषयमा वार्ता चलिरहेको छ । सीमा निर्धारणको प्रक्रिया पनि चलिरहेको छ,’ उनले भने, ‘विद्यमान संयन्त्रकै माध्यमबाट कालापानी क्षेत्रबारे छलफल हुनेछ ।’

तर उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको टेलिफोन वार्तामा कालापानी क्षेत्रको बारेमा कुराकानी भयो या भएन भन्ने बारेमा केही बताएनन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ