काठमाडौं, २२ फागुन । बैतडीमा नेपाल–भारत सीमा बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको सीमा बैठकमा भारतको पिथौरागढ जिल्ला प्रमुख र बैतडी –दार्चुलाका प्रमुख जिल्ला अधिकारी सहभागी थिए ।
सीमा बैठकमा कोरोना भाइरस नियन्त्रणमा नेपाल–भारतले सीमानाकामा उच्च सतर्कता अपनाउनेदेखि झुलाघाट मोटरेबल पुल र दुईदेशबीचको सुमधुर सम्बन्ध कायम राख्दै माहाकाली नदीले निम्त्याउने बाढीको जोखिम र सीमा नाकामा हुने अवैधानिक काम नियन्त्रणका विषयमा बैठकमा छलफल हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । बैठकमा दुबै देशका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, वन कार्यालय र स्वास्थ्य संस्थाका प्रमुख सहभागी हुनुहुन्छ ।
बैठकमा सहभागी स्वास्थ्य प्रमुखहरुले कोरोना भाईरस नियन्त्रणका लागि दुबै देशको सीमा नाकाम कोरोना चेकजाँच सहायता कक्ष स्थापना गरिएको जानकारी दिएका छन् । कोरोना भित्रिन नदिन नेपाल–भारत दुबै देशले स्वास्थ्यकर्मीको टोलीसहित सीमा नाकामा निगरानी बढाएका छन् ।
तपाईको प्रतिक्रिया