सीमामा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउन निर्देशन

समाचार

5/11/2020

काठमाडौं, २९ बैशाख । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले सरकारलाई भारतसँगको सीमा क्षेत्रमा रहेका नेपालीहरूलाई स्वदेश ल्याउन निर्देशन दिएको छ । समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

नेपाल आउन चाहने नेपाली नागरिकहरुले सीमा क्षेत्रमा सास्ती भोगेको समितिले निश्कर्ष निकालेको छ ।

समितिले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेहरूलाई समेत स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको बैठकमा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल उपस्थित् थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ