सीमामा तीन तहको सुरक्षा घेरा बनाइँदै

समाचार

5/9/2020

काठमाडौं, २७ बैशाख । नेपाल–भारत सीमा नाकाको सुरक्षाव्यवस्था थप मजवुत र प्रभावकारी बनाउन तीन तहको सुरक्षा घेरा निर्माण गर्ने विषयमा आवश्यक तयारी गरिएको छ । कोभिड–१९ संक्रमण नियन्त्रण गर्न दुईवटै देशका सरकारले सीमा नाका शील गरेसँंगै अवैध मार्ग प्रयोग गर्नेका कारण सुरक्षा चुनौती थपिएपछि उक्त तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले नेपाल–भारत सीमा नाकामा चेकपोष्ट र सुरक्षा जनशक्ति अपुग भएकाले सशस्त्र प्रहरी र नेपाल प्रहरी थप्ने विषयमा छलफल भइरहेको बताए ।

करीव एकहजार आठसय ८० किलोमिटर दुरीमा फैलिएको नेपाल–भारत सीमामा कोभिड–१९ संक्रमण नियन्त्रण अभियान अन्तरगत एकहजार दुईसय ३० चेकपोष्ट छन् । मन्त्रालयका अनुसार, एकदर्जन स्थानमा नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता प्रविनकुमार श्रेष्ठ सीमा सुरक्षाको फ्रण्ट लाइन (अग्रभाग) मा सशस्त्र प्रहरी, त्यसपछि नेपाल प्रहरी र सीमा नाका भन्दा पाँच किलो मिटर भित्रको दुरीमा सेना परिचालन हुन सक्ने बताए ।

सीमामा उच्चसुरक्षा सतर्कता अपनाएसँगै सशस्त्र प्रहरीमाथि भारतीय नागरिक र नेपाली नागरिक दुईटै पक्षबाट करीव एकदर्जन स्थानमा अवरोध सिर्जना भएको जानकारी दिर्दै उहाँले बिओपी (वोर्डर सुरक्षा पोष्ट) बढाएर पाँचसय पु¥याउन प्रस्ताव गरिएको बताए ।

नेपाल प्रहरीले पनि सीमामा थप सुरक्षाकर्मी पठाउन काठमाडौँ उपत्यका लगायत विभिन्न गण, गुल्म र पहाडी जिल्लाहरूसँग सुरक्षाकर्मीको माग गरेको छ । सशस्त्र प्रहरी करीव आठहजार भन्दा बढी खटाइएको छ ।

सेनाले पनि कोरोना संक्रमित तराईका विभिन्न शहरी ईलाका, मुख्य सीमा नाकाको पाँच किलो मिटर दुरी भित्रको वस्तीहरूमा आवश्यक सुरक्षागस्ती गर्ने गरेको छ । कोभिड–१९ नियन्त्रणमा स्वास्थ्यकर्मी सहित सेना परिचालन भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ