कपिलवस्तु, १ बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट आफू पनि बाँचौ, अरुलाइ पनि बचाउँ भन्ने उद्देश्यले कपिलवस्तुको मर्जादपुर (खुनुवा) स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा दुवै तर्फबाट गस्ती र पिकेट ड्युटी गरि निगरानी बढाइएको छ ।
दुवै देशका सिमानामा उच्च सतर्कता अपनाउँदै दशगजा क्षेत्रका सम्पूर्ण खुल्ला नाका बन्द गरि दिनरात गस्ती गरेका छन् ।
नेपालतर्फ सशस्त्र प्रहरी बलको नेतृत्वमा छ भने भारतर्फ एसएसबीको नेतृत्वमा सुरक्षाकर्मीको टोली खटिएको छ ।
खुल्ला सिमानाका कारण कोरोना भाइरसको आशंकामा दुवै देशका अधिकारीले सीमास्थित क्वारेन्टाइमा रहेका नागरिकको हेरचाहका साथै लुकिछिपि आवतजावतलाई बन्द गराउन दुवै देशका सुरक्षा अधिकारी सक्रिय रहेको वि ओ पि मर्यादपुर कपिलवस्तुका प्रमुख स.प्र.नि. सुवास भट्टराईले जानकारी दिए ।
उता लकडाउनको १९ दिनसम्म आइपुग्दा संक्रमितको आशंकामा क्वारेन्टाइममा बस्नेको संख्या यशोधरा गांउपालीकामा दैनिकजसो घट्दै गएको छ ।
लकडाउनसँगै शुरुका दिनमा १ सय ७० जना क्वारेन्टाइमा रहेकोमा पछिल्लो समय आएर १ सय ५५ जना स्वास्थ्य परिक्षण पछि घर फर्केका छन् ।
तपाईको प्रतिक्रिया