सीमामा सेना पठाउनुपर्छ : पूर्वरक्षामन्त्री प्रधान

समाचार

5/19/2020

काठमाडौं, ६ जेठ । पूर्वरक्षामन्त्री एवं प्रमुख विपक्षी कांग्रेसका सांसद भीमसेनदास प्रधानले सेनालाई सीमामा पठाउन सरकारलाई आग्रह गरेका छन् ।

‘वार्ता हुँदै गर्छ । सेनालाई सीमामा पठाउनुपर्छ । आफ्नो सीमा रक्षा गर्ने दायित्व सरकारको हो । सीमा खाली छोडेमा मिच्नेले मिचिराख्छ’ प्रधानले प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भने ।

सेना पठाउनका लागि तत्काल सुरक्षा परिषद् बैठक बोलाउन सकिने उनले बताए । भूकम्प र बाढी आउँदा मात्रै सुरक्षा परिषद्को बैठक बस्ने गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।

सांसद प्रधान भन्छन्, ‘हाम्रोमा बाढी र भूकम्प गएपछि मात्रै सुरक्षा परिषद्को बैठक बस्ने गरेको छ । तत्काल सुरक्षा परिषद् बैठक बोलाएर सेनालाई सीमा सुरक्षामा पठाउनुपर्छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ