सीमामा सशस्त्र प्रहरीको पहरा

समाचार

4/24/2020

बैतडी, १२ बैशाख । महाकाली नदीमा ट्युबमार्फत नेपालीहरु स्वदेश फर्कन क्रम नरोकिएपछि बैतडीका विभिन्न घाटमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका सशस्त्र प्रहरी खटाइएका हुन् । तर सीमामा रहेका सशस्त्र प्रहरीहरुले विभिन्न समस्या झेल्दै आएका छन् ।

जिल्लाका ६ ठाउँमा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले बताए ।

महाकाली नदी किनारैकिनार सीमा भएकाले नदी किनारमै खटिनुपर्ने बाध्यता सशस्त्र प्रहरीलाई छ । सीमामा बिओपी नहुँदा अस्थायी क्याम्प बनाएर प्रहरी परिचालन गर्नुपरेको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए ।

सीमा क्षेत्रमा अहिले ८० जना सशस्त्र प्रहरी खटिएका छन् । उनीहरुले चौबिसै घण्टा सीमामा पहरा दिइरहेका छन् । अवैध नाकाबाट ट्युबबाट महाकाली तरेर भारतबाट नेपालीहरु फर्कन थालेपछि सीमामा कडाइ गरिएको हो । सीमामा खटिएका प्रहरीलाई स्थानीय तहहरुले केही सहयोग गरेको भएपनि पार्याप्त भने हुन सकेको छैन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ