काठमाडौं, ३ चैत । विश्वरभर फैलिँदै गएको कोरोना भाइरसको संक्रमणबाट बच्न प्रदेश २ ले १४५ आइसोलेशन बेड तयार गरेको छ ।
कोरोना संक्रमणको रोकथाम तथा उपचारको पूर्व तयारीको लागि हालसम्म स्वास्थ्य सेवा विभागबाट तीन पटक तीन सदस्यीय स्वास्थ्यकर्मीको टोली प्रदेश २ गएको छ ।
टोलीले प्रदेश सरकार तथा प्रदेशभित्रका विभिन्न अस्पताल पुगेर चिकित्सक तथा अस्पताल व्यवस्थापन पक्षसँग छलफल गरेको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झा बताउँछन् ।
कोरोनाका शंकास्पद तथा संक्रमितहरुलाई राखेर उपचार गर्न प्रदेश भित्रका विभिन्न अस्पताल (धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा ६० र सोही अस्पतालको शाखा रहेको जनकपुरधामको ब्रह्मपुरीस्थित सीटी अस्पतालमा २०) मा ८० वटा आइशोलेशन बेड तयार गरिएको छ ।
यसैगरी पर्साको वीरगञ्जस्थित नेश्नल मेडिकल कलेश शिक्षाण अस्पतालमा ५०, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा १०, प्रादेशिक अस्पताल जनकपुरमा ५ गरी प्रदेशभरि जम्मा १ सय ४५ आइसोलेशन बेड तयार गरिएको निर्देशनालयका वरिष्ट अधिकृत झाले बताए ।
निर्देशनालयका अनुसार प्रदेश २ भित्रको नेपाल–भारत सीममा २३ ठाउँमा स्वास्थ्यकर्मीसहितको चेकपोष्ट डेस्क सञ्चालनमा छन् ।
तपाईको प्रतिक्रिया