सिमरा विमानस्थलमा कोरोनाको परीक्षण सुरु

समाचार

3/8/2020

बारा, २५ फागुन । कोरोना भाइरस (कोभिड–१९)बाट सतर्कता अपनाउँदै सिमरा विमानस्थलमा यात्रुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।

दैनिक औसत सातवटा उडान तथा अवतरण हुने सिमरा विमानस्थलमा बुद्ध एयरले यात्रुहरूको सामान्य स्वास्थ्य परीक्षण गराएर मात्रै विमानमा यात्रा गराउन थालेको हो ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै विमानस्थल भित्रिने यात्रुहरूलाई थर्म स्क्यानरमार्फत शरीरको तापक्रम जाँच गराएर मात्रै प्रवेश दिइने बुद्ध एयरले जनाएको छ ।

कुनै एक यात्रुमा संक्रमण भए सँगै विमानमा यात्रा गर्ने अरुलाई पनि सर्न सक्ने भन्दै विमान प्रवेशअगावै सावधानी अपनाइएको छ । जाँचका क्रममा कुनै व्यक्तिमा औसतभन्दा बढी तापक्रम देखिए यात्रुले यात्रा गर्न पाउने छैन ।

त्यसैगरी यात्रुहरूलाई कोरोना संक्रमणबारे जानकारी दिने उद्देश्यले जीतपुर सिमरा उपमहानगरपालिकासँगको सहकार्यमा विमानस्थलमा हेल्प डेस्कको समेत व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ