काठमाडौं, ८ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को सन्त्रास बढिरहेका बेला नेपाल–भारत सीमा नाकाबाट भित्रिने व्यक्तिको स्वास्थ्य परीक्षणका लागि सेनाको टोली परिचालन भएको छ ।
नेपाली सेनाले देशका ७ वटै प्रदेशमा रहेका पृतना तथा बाहिनीहरुबाट सीमा नाकाको हेल्थ डेस्कमा मेडिकल टोली परिचालन गरेको हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार अहिले ४१ वटा नाकाका हेल्थ डेस्कमा सेनाको मेडिकल टोली परिचालन भएको छ । यस्तो मेडिकल टोलीले स्वास्थ्य परीक्षण गरेको रिपोर्ट मोवाइल एपमार्फत सिधै सैनिक मूख्यालयमा प्राप्त हुने छ ।
तपाईको प्रतिक्रिया