काठमाडौं, ६ चैत । भारतमा कोरोना संक्रमण फैलिएपछि नेपालगन्जको सीमा नाकामा चहलपहल घटेको छ । सीमापारि किनमेल गर्न जाने घटेका छन् । रोजगारीका लागि भारतमा गएकाहरू फर्किने क्रम बढेको छ ।
रूपन्देहीको बेलहिया, बाँकेको जमुनाहा, कपिलवस्तुको कृष्णनगरबाट नेपाल भित्रिनेको संख्या बढेको छ । यी नाकापारि हुने व्यापार घटेको छ । बाँकेको जमुनाहा नाका आंशिक बन्द गरिएको छ । नेपाल र भारतका अधिकारीहरुको बसेको बैठकले सीमाको भीड नियन्त्रण गर्न नाका आंशिक बन्द गर्ने निर्णय गरिएको हो । नेपाल–भारत दुवैतिर सवारी आवागमनमा रोक लगाइएको छ । दुवै देशमा यात्रीको अनिवार्य कोरोना जाँच भइरहेको छ ।
तपाईको प्रतिक्रिया