सीमा नाकामा थप कडाइ गरिने

समाचार

3/19/2020

काठमाडौँ, ६ चैत । सरकारले भारतसँग जोडिएका सीमा नाकामा आवतजावतमा थप कडाइ गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा विभिन्न मन्त्री, मन्त्रालयका सचिव र सुरक्षा अधिकारीहरुको बैठकले कोरोना भाइरस भित्रन नदिन सीमा नाकामा आवतजावतमा थप कडाइ गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, संघीय मामला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङसहितको बैठकले भारतीय सीमा नाका हुँदै कोरोना भाइरस भित्रन सक्ने जोखिम औल्याउँदै मानव आवतजावतमा थप कडाइ गर्न स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएको हो ।

यसका लागि जिल्ला प्रशासन कार्यालयलाई थप सजकता अपनाउन बैठकले निर्देशन दिएको छ । सीमा नाकालाई थप व्यवस्थित बनाउन कोरोना सक्रमण भित्रन नदिने भारत सरकारसँग पनि छलफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ