रौतहट, ५ बैशाख । भारतले नेपालसँग जोडिएको आफ्नो सीमाभित्र सिसिटिभी क्यामरा जडान गरेको छ ।
रौतहटमा कोरोनाको संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएसँगै नेपालतिरबाट भारत पस्ने रौतहटसित सिमाना जोडिएका अधिकांश गाउँमा भारतले सिसिटिभी जडान गरेको छ ।
रौतहटको ब्रह्मपुरी गाउँभन्दा दक्षिणको मसहा, गौरभन्दा दक्षिणको बैरगनिया, बन्जरहासँगैको बलुवा, लतमरीसँगैको हनुमान चौक, खापभन्दा दक्षिणको कबहिया ब्लक, बंकुलभन्दा दक्षिणको भारतीय गाउँमा पनि सिसिटिभी जडान गरिएका छन् ।
नेपालको रौतहटबाट भारततिर जाने अधिकांश गाउँमा सिसिटिभी जडान गरी भारतीय पक्षले निगरानी सुरु गरेको छ ।
भारतले सिसिटिभी निगरानी बढाएपछि सीमा नाकामा आवतजावत पूरै रोकिएको छ । यसले अब तस्करी नियन्त्रणमा पनि सहयोगी भूमिका निर्वाह गर्ने विश्वास स्थानीयको रहेको छ ।
तपाईको प्रतिक्रिया