सीमा विवाद समाधानका लागि भारत वार्तामा बस्न मानेन : मन्त्री ज्ञवाली

समाचार

5/26/2020

काठमाडौं, १३ जेठ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सीमा बिषयमा देखिएको विवाद समाधान गर्न नेपाल सरकारले पटक पटक आह्वान गर्दा पनि भारत वार्तामा बस्न नमानेको बताएका छन् ।

सिंहदरबारमा बसेको संघीय संसद अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा उनले सीमाका नसुल्झिएका बिषयमा छलफल गर्न नेपाल सरकारले आह्वान गरेको वार्ता यसअघि पनि भारतले लत्याएको बताए ।

सुगौलीसन्धी विपरित भारत सरकारले नेपालको भूमि आफ्नो क्षेत्रमा राखेर यसअघि नक्सा जारी गरेको मन्त्री ज्ञवालीको भनाई छ ।

उनले भारतीय सुरक्षाकर्मीलाई बस्न मात्र दिएको यसअघि नै खुलेको भन्दै त्यसकै आधारमा नेपालको भूमिलाइ भारतले कब्जा गर्न नमिल्ने तर्क गरे ।

उनले कालापानी नेपालको क्षेत्रमा भारतले सडक बनाएपछि नेपाल सरकार गम्भीर भएर नक्सा सार्वजनिक गरेको बताए । उनले आफ्नो क्षेत्रमा सुरक्षा निकायको तैनाथीका साथ आवश्यक पूर्वाधार बनाउदै जाने धारणा पनि राखेका छन् ।

मन्त्री ज्ञवालीले अहिले पनि नेपालको चाहना कुटनीतिक तवरबाट समस्याको समधान गर्नु नै भएको दोहो¥उदै अन्य कुनै बिकल्प नसोचेको स्पष्ट पारे ।

बैठकमा समिति सदस्यहरुले नेपाल भूमि कब्जा गरेर भारतीय सुरक्षाकर्मी राख्दा मौन रहँदा अहिलेको अवस्था आएकाले सरकारले अव गम्भीर भएर यस बिषयमा समाधान खोज्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ