कैलाली, २१ फागुन । कैलालीमा नेपाल र भारतसँग सीमा जोडिएका सीमा स्तम्भको स्तरोन्नति कार्य शुरु भएको छ । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले सीमा क्षेत्रका स्तम्भको स्तरोन्नति कार्य सुरु गरेको हो ।
सीमा स्तम्भ मर्मतका लागि नेपाली टोलीमा सर्वेक्षण टोली नं ४ का नापीप्रमुख सुदर्शन सिंह धामीको नेतृत्वमा छ जनाको टोलीले काम शुरु गरेको छ ।
उता, भारततर्फ भारतीय टोलीका सर्भेयर नेत्र सिंह सहितको टोलीले संयुक्त रुपमा काम थालेको छ ।
नापी टोलीले नदीमा रहेका पिल्लर भने अहिले मर्मत नगर्ने भएको छ । नेपाल–भारतका १३ सीमा स्तम्भ कर्णाली र मोहना नदीको कटानमा परेका छन् ।
टीकापुर नगरपालिकाअन्तर्गत पर्ने नेपाल–भारत सीमा क्षेत्रका १३ सीमा स्तम्भ (पिल्लर) हरु कर्णाली र मोहना नदीको कटानमा परेका छन् ।
तपाईको प्रतिक्रिया