‘सीमा समस्या समाधान गर्न नेपाल र भारत सकारात्मक’

समाचार

1/2/2020

काठमाडौं, १७ पुस । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी र सुस्ताको विवाद कूटनीतिक पहलबाटै हुने बताएका छन् । राष्ट्रियसभाको बैठकमा बोल्दै ज्ञवालीले सीमाको विवाद समाधान गर्ने पक्षमा नेपाल र भारत दुवै सरकार सकारात्मक भएको बताए ।

उनले भने, ‘हामी कालापानी र सुस्ताको विवाद समाधन गर्ने पक्षमै छौँ । २००७ पछिबाटै नेपाल भारतबीच सीमाको समस्या देखा परेको थियो । खुला सिमानाका कारण पनि समस्या देखिएका छ’ उनले भने ।

सीमाना १२ सय हेक्टर भूसतहमाथि र ६ सय हेक्टर नदिसँग आधारीत सीमा रहेको समेत बताए । कालापानी र सुस्ताको विवाद परम्पराकालमै रहेको र अहिलेसम्म पनि कायमै भएको समेत मन्त्री ज्ञवालीले बताए ।

सरकारले कालापानी र सुस्ताको मात्रै नभएर सबै सीमाको विषयमा छलफल गर्ने तयारी गरेको उनको भनाइ छ ।

मन्त्री ज्ञवालीले भारतले हालै पठाएको नेपालको पत्रमा पनि सीमाको समस्या समाधान गर्न तयार रहेको प्रतिक्रिया दिएको बताए ।

दुवै देशका प्रतिनिधिको समय मिल्नेगरी बैठकको समय तोक्ने प्रयास भइरहेको समेत उनले जनाए ।

नयाँ वर्षका दिन दुबै देशका प्रधानमन्त्रीहरुबीच भएको टेलिफोन वार्तामा पनि सीमाको विषयमा छलफल गर्न भारत तयार रहेको प्रतिक्रिया दिएका उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ