काठमाडौं, २१ असार । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संयुक्त अधिकार आन्दोलन मोर्चामा सहभागिताका लागि आह्वान गरेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नागरिकता ऐन संशोधन विधेयकसहित सरकारका अन्य कतिपय गतिविधि तथा निर्णयहरुको विरुद्धमा आन्दोलनका लागि सम्पूर्ण आन्दोलनकारी शक्तिहरुलाई वृहत गठबन्धन बनाएर सहकार्यका लागि डा.राउतले आह्वान गरेका हुन् ।
उनले अधिकार आन्दोलनलाई निर्णायक बनाउन र जनताको हकअधिकार सुनिश्चित गर्न संयुक्त अधिकार आन्दोलन मोर्चामा सहभागी हुन भनेका छन् ।
वृहत गठबन्धनको नाम, एजेण्डा तथा आन्दोलनका कार्यक्रमहरु आपसी छलफलबाट नै टुंगो लगाइने डा.राउतले जनाएका छन् ।
तपाईको प्रतिक्रिया