सरकारलाई डा.भट्टराईको प्रश्न, ‘छोराछोरीको जीवन प्रमुख कि परीक्षा ?’

समाचार

3/14/2020

काठमाडौं, २ चैत । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको कडा आलोचना गरेका छन् । कोरोनाको कहर दिनप्रति दिन बढ्दै गइरहेको अवस्थामा सरकारको तयारीप्रति प्रश्न उठाएका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गरेका छन्, ‘कोरोना भाइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सिमाना भएको भारतमा झन् तीव्र रुपमा फैलिरहेको स्थितिमा हामीले चाहि स्कुल केही दिन हप्ता बन्द गर्न किन हेलचक्र्याइ गरेको हो ? छोराछोरीको जीवन प्रमुख कि परीक्षा ? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ ? सत्ताधारी कमरेडहरुको ध्यान जाला ?’

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस अहिले विश्वभरि नै फैलिरहेको र छिमेकी देश भारतमा झन तीव्र गतिमा फैलिरहेको भए पनि सरकार संवेदनशील नभएको उनको आरोप छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ