सरकारले भूमि फिर्ता ल्याउने विश्वास छैन : गगन थापा

समाचार

5/19/2020

काठमाडौं, ६ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सीमामा अलपत्र परेका मानिसलाई स्वदेश ल्याउनुपर्ने बताएका छन् ।

सीमामा अलपत्र परेका नेपाली र विदेशमा कोरोनाका कारण रोजगारविहीन भई अलपत्र परेका नेपालीलाई सरकारले फिर्ता ल्याउन नसकेको उनले बताए ।

‘जसले सीमानामा अलपत्र परेको मेरो साथीलाई जोगाउन सकेन, उसले सीमा जोगाउँछ । भूमि फिर्ता ल्याइदिन्छ भन्ने रत्तिभर विश्वास छैन,’ सांसद थापाले भने । उनले राष्ट्रियता भनेको माटो मात्र नभई मान्छे पनि भएको बताए ।

मान्छे जोगाउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउँछ भन्ने आफूलाई रत्तिभर विश्वास नलागेको थापाले बताए । कोरोना महामारीले विश्वकै अवस्थामा खलबल पु¥याएको र नेपाल पनि अछुतो नरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ