काठमाडौं, २९ फागुन । प्रतिनिधिसभा सदस्य तथा समाजवादी पार्टीका नेता प्रदीप यादवले नेपालमा कोरोना भित्रिए पनि सरकारले तथ्याङ्क लुकाएर राखेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बिहिबार बसेको बैठकमा बोल्दै सांसद यादवले नेपालका विभिन्न ठाउँमा कोरोना भाइरसका संक्रमित भेटिए पनिसरकारले यसलाई लुकाइरहेको दाबी गरे ।
उनले अहिले कोरोना भाइरसका कारण विश्वका शक्तिशाली देशहरु गलिसकेको तर नेपाल सरकारले कुनै तयारी नगरेको आरोप लगाए । ‘अमेरिका, युरोप, चीन पूरै गलिसके,’ उनले भने, ‘नेपालले के गरेको छ ?’
भारत सरकार भारतले विदेशबाट आउने सबै आगन्तुकको भिसा इक महिनालाई स्थगित गरेको कुरालाई उदृत गर्दै उनले भने, ‘भारतले कोरोना संक्रमणलाई मध्यनजर गर्दै सबै देशबाट आउने आगन्तुकको भिसा स्थगित गरेको छ तर नेपाल सरकारले लापरवाही गरिरहेको छ, नेपालमा जुनसुकै देशबाट आउने व्यक्तिलाई कोरोना नभएको प्रमाणपत्रको आधारमा मात्र प्रवेश पाइरहेका छन् ।’
तपाईको प्रतिक्रिया