काठमाडौं, २२ असार । सरकारले भारत र चीन दुवैतिर सीमा सुरक्षा बढाउँदै लगेको छ । सीमामा सुरक्षा कमजोर भएको आवाज उठिरहेका बेला गृह मन्त्रालयले चालू वर्ष बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) २ सय २२ वटा पु¥याउने भएको छ।
दक्षिणी सीमामा ८६ वटा बीओपी थिए तर उत्तरमा एउटा पनि थिएन। दक्षिणतर्फ २०७५÷७६ मा २१ वटा बीओपी थप तथा स्तरोन्नति गरियो ।
एक सय १४ वटा थप गर्ने निर्णयअनुसार दक्षिणमा २१ र उत्तरमा ४ गरी २५ वटा बीओपी स्थापना गरिएको हो। दक्षिणमा १ सय २८ र उत्तरमा ४ गरी १ सय ३२ बीओपी राखिएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए ।
वैशाख ३१ यता उत्तरी र दक्षिणी सीमामा ११ वटा सशस्त्र प्रहरी बलको बोर्डर अब्जरभेसन पोस्ट थपिएका हुन् ।
चीनसँगको सीमामा पनि बीओपी स्थापना गर्न थालिएको छ । नेपाल–चीन करिब १५ सय मिटर सीमा क्षेत्रअन्तर्गतको मुस्ताङको लोमान्थाङमा जेठ १५ मा बीओपी राखिएको हो । त्यसपछि हुम्लाको हिल्सा, संखुवासभाको किमाथांकामा बीओपी खडा गरिएको छ ।
सिन्धुपाल्चोकको भोटेकोसी र रसुवाको गोसाइँकुण्डमा स्थापना गर्ने तयारी छ । ताप्लेजुङको कञ्चनजंघामा भने स्थापना गर्न बाँकी छ ।
मन्त्रालयले दक्षिणी सीमामा भारतकै बराबर बनाउने तयारी साथ बीओपी थप गरिरहेको छ । यस क्रममा २ सय २१ पु¥याउने प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ भने ५ सय पु¥याउने तयारी छ ।
तपाईको प्रतिक्रिया