सरकार दुर्घटनामा पर्दैन : मन्त्री केसी

समाचार

7/6/2020

बुटवल, २२ असार । प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सरकार दुर्घटनामा नपर्ने बताएका छन् ।

मन्त्री केसीले अहिलेको हल्लाले पार्टी र सरकार दुवै दुर्घटनामा नपर्ने दावी गरे । रिपोर्टर्स क्लव प्रदेश ५ को दोस्रो स्थापना दिवसका अवसरमा आयोजना गरिएको स्मारिका विमोचन कार्यक्रममा बोल्दै सरकार दुर्घटना भएपछि के हुन्छ भनेर सोच्नु पर्ने बताए ।

अहिलेको अवस्थामा सरकार कमजोर भए लोकतन्त्र कमजोर हुने भएकाले देश, जनता र लोकतन्त्रको भविष्य सोच्नु पर्ने बताए । उनले प्राकृतिक विपत्तीसंगै अहिले राष्ट्रिय एकता आवश्यक रहेको बताए ।

सञ्चार क्षेत्र आर्थिक रुपले संकटमा परेको प्रदेश सरकारलाई थाहा भएको उल्लेख गर्दै पत्रकारहरुलाई न्यूनतम भोकै मोर्न नदिने मन्त्री केसीले प्रतिवद्वता जनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ